NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौं । कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ ।

सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १–० गोलान्तरमा रोक्दै अर्जेन्टिनाले संघर्षपूर्ण जित निकालेको हो ।

निर्धारित समयमा हार जित हुन नसकेपछि थपिएको अतिरिक्त समयको ११२औं मिनेटमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै उपाधि दिलाए ।

योसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको १६औं पटक उपाधि जित्ने कीर्तिमान बनाएको छ ।

निकै प्रतिस्पर्धापूर्ण खेलको ६६औं मिनेटमा अर्जेन्टिनाका लियोनल मेस्सीले घाइते हुँदै मैदान छाडेका थिए ।