क्यानडा टी–२० मा दीपेन्द्रको आक्रामक ब्याटीङ, टीम तेस्रो खेलमा पनि पराजित

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी–२० मा नेपाली खेलाडीहरु सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध टिम भ्यानकुभर नाइट्सले तेस्रो हार बेहोरेको छ । आइतबारको खेलमा नाइटस् मोन्टीरेल टाइगर्ससँग १० रनले पराजित भयो ।
यद्यपी नेपाली खेलाडीको भने उत्कृष्ट प्रदर्शन थियो । दीपेन्द्रसिंह ऐरी १५ बलमा ३० रनको नटआउट पारी खेले । उनले एक छक्का र दुई चौका प्रहार गरेका थिए । तर, पनि टिमलाई जिताउन सकेनन् ।
त्यस्तै, सन्दीप लामिछानेले चार ओभरमा एक विकेट लिदै २४ रन खर्चिएका थिए ।
मोन्टीरेलले भ्यानकुभरलाई एक सय ४५ रनको लक्ष्य दिएको थियो । तर, उसले ६ विकेट गुमाएर एक सय ३४ रन मात्र बनायो । बलिङतर्फ भ्यानकुभरले उत्कृष्ट प्रदर्शन गरेपनि टप अर्डर ब्याट्सम्यान चल्न नसक्दा टिम पराजित हुन पुग्यो । सो टिमका कप्तान उसमान खावजा शून्य रनमै आउट भएका थिए ।
१४.१ ओभरमा पाँचौ विकेट गुमाउँदा टिमको स्कोर ७३ मात्र थियो । त्यसपछि ब्याटीङमा आएका दीपेन्द्रले ड्याने पेट्रोरियससँग मिलेर टिमलाई जित नजिक पुर्याएका थिए।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया