भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय नाटकीय रुपमा बराबरी

काठमाडौं । भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय खेलमा बराबरी(टाइ)मा टुंगिएको छ । नाटकीय रुपमा खेल टाइ भएको हो ।
सुरुमा श्रीलंकाले ब्याटीङ गरी २३१ रनको लक्ष्य दिएको थियो । तर, भारत दुई सय ३० रनमै अलआउट भएको हो ।
भारतले लगभग जितिसकेको खेलमा श्रीलंकाले अन्तिम दुई बलमा दुई विकेट लिएर खेललाई बराबरी बनाएको हो ।
अन्तिम तीन ओभरमा भारतलाई पाँच रन चाहिएको थियो । उसँग दुई विकेट थियो ।
१८ औं ओभरमा श्रीलंकाका कप्तान चरिथा असलंगा बलिङमा उत्रिए । क्रिजमा थिए अलराउण्डर शिभव दुवे । सुरुको दई बल डट खेलेका उनले तेस्रो बलमा चौका प्रहार गरेपछि स्कोर बराबरी भयो । भारतीय टिम उत्साहित भयो । चौथो बलमा श्रीलंकाले एलबिडब्लु आउट मागेकोमा दिएनन् । जसकारण खेल भारतले जितिसकेको थियो । तर, श्रीलंकाले रिभ्यु लिएपछि उनी आउट भयो । अन्तिम ब्याटरका रुपमा आएका अर्शपिद दिप पनि पहिलो बलमै आउट भएपनि भारत अलआउट भयो भने खेल बराबरीमा सकिएको हो । यसरी भारतले जितिसकेको खेलमा निराशा बेहार्याे भने श्रीलंकाले हारिसकेको खेल बराबरीमा रोक्न सफल भयो ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया