क्यानडा टी–२० मा सन्दीप र दीपेन्द्रको टिमको पाँचौ हार

काठमाडौं । ग्लोबल टी–२० क्यानडामा नेपाली खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले अर्काे खराब प्रदर्शन गरेको छ । शनिबारको खेलमा भ्यानकुभर टोरन्टो नेशनलसँग १९ रनले पराजित भयो ।
टोरन्टोले दिएको १२८ रनको लक्ष्य उसले भेट्न सकेन । १०८ रनमै भ्यानकुभर अलआउट भएको हुनपुग्यो ।
बलिङ कसिलो भए पनि भ्यानकुभरको ब्याटीङ कमजोर रह्यो ।
शनिबारको खेलमा सन्दीप र दिपेन्द्रको प्रदर्शन सामान्य रह्यो ।
सन्दीपले चार ओभरमा ३२ रन दिएर एक विकेट लिए। दीपेन्द्रले पनि बलिङ गरेकोमा दुई ओभरमा उनले १६ रन दिए।
ब्याटीङतर्फ दीपेन्द्रले १२ बलमा १३ रन बनाए । उनले एक छक्का प्रहार गरेका थिए । तीन बल खेलेका सन्दीप शुन्य रनमै आउट भएका थिए ।
६ खेल खेलेको भ्यानकुभरका लागि अब प्लेअफ सम्भावना कमजोर भएको छ । १० खेलमध्ये ६ खेलमा उसको एक अंक मात्र छ । भ्यानकुभर पाँच खेल हारेकोमा एक खेल रद्द हुँदा उसले एक अंक जोडेको हो ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया