साउदी सुपर कप : उपाधिका निम्ति भिड्ने भए हिलाल र नासर
काठमाडौं। साउदी सुपर कपको फाइनल खेलमा अल–हिलाल र अल–नासरबीच प्रतिस्पर्धा हुने पक्कापक्की भएको छ ।
बुधबार राति सम्पन्न खेलमा अल–तावौनलाई २–० ले पराजित गर्दै नासरले फाइनल यात्रा तय गरेसँगै दुईको भेट निश्चित भएको हो ।
हिलाल भने यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । अल–अहली साउदीलाई पेनाल्टी सुटआउटमा ४–१ ले स्तब्ध पार्दै उसले फाइनल यात्रा सुनिश्चित गरेको हो ।
नासरलाई फाइनलमा पु–याउन आयमन याह्या र क्रिस्टियानो रोनाल्डोले गोल गरे ।
खेलको इन्जुरी समयमा मार्सेलो ब्रोजोभिकले रातो कार्ड पाएपछि नासर १० खेलाडीमा खुम्चिएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया