माओवादीले थाहै नदिई प्रचार सामग्रीमा मेरो तस्बिर राख्यो : कुलमान
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह निर्वाचनको प्रचार सामग्रीमा आफ्नो तस्बिर प्रयोग गरेकोप्रति नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आपत्ति जनाएका छन् । आफूलाई जानकारी नै नदिई माओवादीले प्रचार सामग्रीमा तस्बिर दुरूपयोग गरेको उनको भनाइ छ ।
‘माओवादीको निर्वाचन प्रचार सामग्रीमा मेरो तस्बिर प्रयोग गरिएको तपाईंबाट पहिलो पटक थाहा पाएँ । माओवादीले मलाई यसबारे कुनै जानकारी दिएको छैन । यदि मेरो अनुमतिबेगर प्रचार सामग्रीमा तस्बिर प्रयोग गरिएको हो भने यो आपत्तिजनक छ,’ माओवादी केन्द्रको प्रचार सामग्रीमा तस्बिर प्रयोगबारे नेपालवाचले राखेको जिज्ञासामा घिसिङले भने ।
घिसिङले यसबारे माओवादी केन्द्रको नेतृत्वसँग आफूले कुरा गर्ने पनि बताए । ‘कसरी यस्तो भएको हो भनेर अब म माओवादी केन्द्रको नेतृत्वसँग बुझ्छु,’ घिसिङले भने ।
माओवादी केन्द्रले बुधबार प्रचण्डको आधिकारिक फेसबुक पेजबाट स्थानीय तह निर्वाचनलाई लक्षित गरेर तयार प्रचार सामग्री सार्वजनिक गरेको छ । त्यसको पहिलो लहरमा पार्टी अध्यक्ष प्रचण्ड, दोस्रोमा अर्थमन्त्री जनार्दन शर्मा र तेस्रो लहरमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको तस्बिर प्रयोग गरिएको छ । जसमा माओवादीले मुलुकलाई लोडसेडिङमुक्त गरेको जस लिँदै भोट मागेको छ । ‘अँध्यारोबाट उज्यालोको यात्रा,’ सामग्रीमा लेखिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया