पोखरा महानगरमा उम्मेदवार छान्न एमालेले चुनाव नगर्ने
काठमाडौं । पोखरा महानगरपालिकाको प्रमुख छान्न नेकपा (एमाले)ले चुनावी प्रक्रिया नअपनाउने भएको छ ।
यसअघि नगर कमिटीले आजका लागि तय गरेको आन्तरिक निर्वाचन नहुने भएको हो ।
पोखरा महानगरमा तोकिएकोभन्दा धेरै आकांक्षी देखिएका थिए । यससँगै महानगर प्रमुख र उपप्रमुख छनोट गर्न मतदानबाटै उम्मेदवार छान्ने प्रक्रिया सुरु गरिएको थियो ।
तर, आवेदन दिएका सबै उम्मेदवारलाई सिफारिस गर्ने सहमति भएपछि अहिलेलाई चुनावी प्रक्रिया स्थगित गरिएको महागर कमिटी अध्यक्ष दिलिप न्यौपानेले बताए ।
पार्टी उप–महासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्यमा अर्याल र संगठन विभाग प्रमुख खगराज अधिकारी पक्षका १२ जना नेताहरूले उम्मेदवारीमा आकांक्षा देखाएपछि सर्वसम्मत उम्मेदवार छनोट हुन नसकेको हो ।
पोखरा महानगरमा एमालेले सर्वसम्मत उम्मेदवार छान्न नसकेपछि चुनाव हुँदै
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया