नेपाल र जिम्बावेबीच हुने सिरिजको तालिका सार्वजनिक
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बावे ’ए’ बीतको खेलको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज खेल तालिका सार्वजनिक गरेको हो ।
खेल तालिकाअनुसार नेपाल र जिम्बावे ’ए’ बीचको सिरिज वैशाखमा हुनेछ ।
नेपालले जिम्बावे ’ए’सँग घरेलु मैदानमा तीन–तीनवटा एकदिवसीय र टि–ट्वान्टी खेल खेल्नेछ ।
सिरिज वैशाख १७ गते काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका टेस्ट टोलीका केही सदस्यसमेत आउने बताइएको छ ।
५० ओभरको सिरिज वैशाख १७ देखि २१ सम्म चल्ने छ भने टि–ट्वान्टी वैशाख २३ देखि २६ सम्म हुनेछ ।

के नेपालसँग खेल्न साँच्चै जिम्बावेको टेष्ट टोली नै आउन लागेको हो ?
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया