के नेपालसँग खेल्न साँच्चै जिम्बावेको टेष्ट टोली नै आउन लागेको हो ?
काठमाडौं । सोमबार नेपाली खेलकुद क्षेत्र क्रिकेटमय भयो । नेपालले पपुवा न्युगिनीलाई हराउँदै त्रिदेशीय टि–२० सिरिज जित्यो । त्यसको खुसीयाली नसकिँदै अर्को खबर आयो, ‘टेष्ट राष्ट्र जिम्बावे तीन एक दिवशीय र तीनैवटा टि–२० खेल खेल्न नेपाल आउँदै छ ।’
यस्तै शीर्षकमा थुप्रै समाचार आए । तर, त्यो शतप्रतिशत यतार्थ भने होइन ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोलीसँग एकदिवसीय र टि–२० सिरिज खेल्न जिम्बावेको फुल टेष्ट टोली नभएर ए टोली नेपाल आउने भएको छ । त्यसमा टेष्ट क्रिकेट खेलिरहेका कतिपय खेलाडी भने समावेश हुनेछन् ।
जिम्बावेको ए टोलीसँग नेपालले घरेलु मैदानमा ६ खेल खेल्नेछ । यद्यपि, ती ओडिआई मान्यता र टि–२० आई मान्यता खेल छैनन् । त्यसले लिष्ट ए र टि–२० मान्यता पाउनेछ ।
उक्त सिरिज अप्रिल–मेतिर हुनेछ । जसमा नेपालको तर्फबाट भने फुल राष्ट्रिय टोली सहभागी हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया