सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८२ रन जोडेको हो । यो एनपिएलमा अहिलेसम्मको सबैभन्दा बढी रन हो ।
विराटनगरविरुद्धको खेलमा दीपेन्द्र सिंह ऐरीले सानदार प्रदर्शन गरे । उनले पाँच छक्का र तीन चौकाको मद्दतमा सर्वाधिक ५७ रन हिर्काए ।
त्यस्तै, विनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४ र स्कटले १० रनको योगदान दिए ।
विराटनगरका अनिल खरेलले ३, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले समान एक÷एक विकेट झारे ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया