धवनको अर्थशतक, कर्णालीले काठमाडुलाई दियो १५० रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले काठमाडु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियू मैदानमा बुधबार बिहान भएको खेलमा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा कर्णालीले १४९ रन जोडेको हो ।
कर्णालीका लागि शिखर धवनले सर्वाधिक ७२ रन जोडे । उनले ५१ बलमा ५ छक्का र चार चौकाको मद्दतमा ७२ रन जोडेका हुन् ।
त्यसैगरी, मक्सुदले १४, चाडविक वाल्टनले २१ र बाबा रहायतले १३ रन जोडे पनि अन्यले दोहोरो रन नै बनाउन सकेनन् । ओपनर देव खनाल त खाता नै खोल्न नसकी आउट भए ।
काठमाण्डुका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दिपेश कँडेलले समान १÷१ विकेट लिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया