फेरि घाइते भए नेयमार
काठमाडौं । सान्तोसबाट खेलिरहेका फुटबलर नेयमार फेरि घाइते भएका छन् । ब्रागान्टिनोविरुद्धको खेलमा निकै लयमा देखिएका नेयमार दोस्रो हाफको ७६औं मिनेटमा घाइते भएका हुन् ।
२–० ले जित निकालेको उक्त क्वाटरफाइनलमा नेयमारले नवौं मिनेटमै फ्रिकिक प्रहारबाट दर्शनीय गोल गर्दै टिमलाई अग्रता दिलाए पनि पूरै खेल खेल्न पाएनन् ।
हिँड्नसमेत असहज महसुस गरेका नेयमार निकै अप्ठ्यारो गरी मैदान बाहिर निस्किएका थिए ।
उनको बायाँ खुट्टाको मांसपेसीमा चोट लागेको बताइएको छ । यसअघि उनले दायाँ खुट्टाको ह्यामस्ट्रिङ टेन्डनमा चोट व्यहोरेका थिए ।
योसँगै नेयमारको राष्ट्रिय टिममा फर्कंने सम्भावना अनिश्चितपूर्ण बनेको छ । २०२४ को अक्टुबरमा पूर्ण रूपमा फिट नभएको भन्दै नेयमारलाई राष्ट्रिय टिम बाहिरै राखिएको थियो । नेयरमारलाई फिट हुन समय लागेको खण्डमा उनले फेरि अन्य महत्त्वपूर्ण खेल गुमाउन सक्नेछन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया