नेदरल्यान्ड्ससँग टक्करको तयारीमा नेपाल, उच्च मनोबलमा टोली
काठमाडौं – एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत आइसिसी विश्वकप लिग-२ मा उत्कृष्ट सुरुआत गरेको नेपालले बुधबार दोस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ। नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुने यो खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण छ।
पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै सनसनीपूर्ण जित हात पारेको नेपाल अहिले आत्मविश्वासले भरिएको अवस्थामा रहेको छ। त्रिदेशीय सिरिजअन्तर्गत यो नेपालको दोस्रो प्रतिस्पर्धा हो।
लिग–२ को समग्र अंकतालिकामा नेपाल १३ खेलबाट जम्मा ८ अंकसहित सातौं स्थानमा छ। ग्लोबल छनोटमा स्थान बनाउने हो भने नेपालले आगामी खेलहरू जित्नैपर्ने बाध्यता छ। लिगको शीर्ष चार टोली ग्लोबल छनोटमा पुग्नेछन् भने पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्नेछ।
नेदरल्यान्ड्स हाल २० खेलबाट २६ अंकसहित दोस्रो स्थानमा छ। स्कटल्यान्ड भने १७ खेलबाट २० अंक जोड्दै चौथो स्थानमा रहेको छ। शीर्ष स्थानमा अमेरिका (२८ अंक), तेस्रोमा ओमान (२४ अंक), पाँचौंमा क्यानडा (२० अंक), छैठौंमा नामिबिया (१४ अंक) र आठौंमा युएई (६ अंक) छन्।
नेपालले यही सिरिजमा अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग दोस्रो चरणको खेल खेल्नेछ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया