पोर्चुगल नेसन्स लिगको फाइनलमा, जर्मनी पराजित
काठमाडौं । पोर्चुगल युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
सेमिफाइनलमा जर्मनीलाई २–१ ले पराजित गर्दै पोर्चुगलले उपाधि नजिक पुगेको हो। पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा तीन गोल भए।
४८औं मिनेटमा फ्लोरियन विर्त्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। तर, पोर्चुगलले ६३औं मिनेटमा फ्रान्सिस्को कोन्सेकाओ र ६८औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत जित सुनिश्चित गर्यो।
अब दोस्रो सेमिफाइनलमा आज राति स्पेन र फ्रान्स भिड्नेछन्। फाइनल खेल ८ जुनमा म्युनिखमा हुनेछ।
यो नेसन्स लिगको चौथो संस्करण हो। यसअघि पोर्चुगल, फ्रान्स र स्पेनले उपाधि जितिसकेका छन्।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया