NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३१ गते

नेदरल्याण्डसविरुद्ध नेपाली टिममा तीन खेलाडी परिवर्तन

काठमाडौँ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग(२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ ।

यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसंगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । नेपालले यस सिरिजमा पहिलो पटक पहिला ब्याटिंग गर्न लागेको छ ।

यस खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले आज सोमपाल कामी, गुलशन झा र आसिफ सेखलाई बाहिर राख्दै नन्दन यादव, बसिर अहमद र अनिल शाहलाई अवसर दिइएको छ ।

यस सिरिजमा असिफले ओपन गर्दै २०, १९ र ८ रन बनाएका थिए भने सोमपालले पछिल्लो खेलमा ६७ रनको शानदार पारी खेलेका थिए र तीन खेलमा ५ विकेट लिएका थिए । त्यस्तै गुलशन झाले तीन खेलमा ११, ११ र ४२ रन बनाएका थिए ।

नेदरल्याण्डसविरुद्ध खेल्ने नेपाली टिम :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।