नेदरल्याण्डसविरुद्ध नेपाली टिममा तीन खेलाडी परिवर्तन
काठमाडौँ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग(२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ ।
यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसंगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । नेपालले यस सिरिजमा पहिलो पटक पहिला ब्याटिंग गर्न लागेको छ ।
यस खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले आज सोमपाल कामी, गुलशन झा र आसिफ सेखलाई बाहिर राख्दै नन्दन यादव, बसिर अहमद र अनिल शाहलाई अवसर दिइएको छ ।
यस सिरिजमा असिफले ओपन गर्दै २०, १९ र ८ रन बनाएका थिए भने सोमपालले पछिल्लो खेलमा ६७ रनको शानदार पारी खेलेका थिए र तीन खेलमा ५ विकेट लिएका थिए । त्यस्तै गुलशन झाले तीन खेलमा ११, ११ र ४२ रन बनाएका थिए ।
नेदरल्याण्डसविरुद्ध खेल्ने नेपाली टिम :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया