सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते, नेदरल्याण्ड्सविरुद्धको खेलमा नखेल्ने
काठमाडौँ । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा सोमपाल कामी र गुल्सन झाले नखेल्ने भएका छन् । अभ्यासका क्रममा घाइते भएका कारण दुवैजनाले आजको खेल गुमाउने भएका हुन् ।
‘सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते भएकाले उनीहरुले आजको खेल तथा टी–ट्वान्टी आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने छन्’, नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोमपालको दायाँ हात तथा गुल्सनको घुँडामा चोट लागेका कारण चिकित्सकको परामर्श पश्चात् नेदरल्यान्ड्सविरुद्धको खेल र टी–२० आई त्रिकोणीय श्रृङ्खलाका सम्पूर्ण खेलमासमेत सहभागी हुन नसक्ने विज्ञप्तीमा जनाइएको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया