टी–२० आई क्रिकेटमा करण केसीको १०० विकेट पूरा
काठमाडौं । तीव्र गतिका बलर करण केसी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिने दोस्रो नेपाली बलर बनेका छन्।मंगलबार स्कटल्याण्डविरुद्धको खेलमा २ विकेट लिएपछि उनले यो महत्वपूर्ण माइलस्टोन पूरा गरेका हुन्।
८० औं खेलमा उनले १०० विकेट लिएका हुन्। त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध उनले २ विकेट लिइसकेका छन्। यसअघि नेपालका बलरमध्ये सन्दीप लामिछानेले मात्र टी–२० अन्तर्राष्ट्रियमा १०० विकेट लिएका थिए। ५९ खेलमै लामिछानेले १११ विकेट लिइसकेका छन्।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया