ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं । ब्राइटन म्यानचेस्टर सिटीसँग स्तब्ध भएको छ । गएराति घरेलु मैदान इतिहादमा सम्पन्न खेलमा सिटीले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
योसँगै सिटी लिभरपुललाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।
पहिलो हाफ बराबरी खेलको सिटीले सबै गोल दोस्रो हाफमा गरेको हो । सिटीका लागि रियाद महरेज, फिल फोडेन र बेर्नाडो सिल्भाले समान १÷१ गोल गरे । मेहरेजले ५३ औं, फोडेनले ६५ औं र सिल्भाले ८२ औं मिनेटमा गोल गरेका हुन् ।
३२ खेलमा सिटी ७७ अंक जोड्न सफल भएको छ भने ब्राइटन ४० अंकका साथ दशौंमा खुम्चिएको छ ।
प्रतिक्रिया