ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो
काठमाडौं । ब्राइटन म्यानचेस्टर सिटीसँग स्तब्ध भएको छ । गएराति घरेलु मैदान इतिहादमा सम्पन्न खेलमा सिटीले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
योसँगै सिटी लिभरपुललाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।
पहिलो हाफ बराबरी खेलको सिटीले सबै गोल दोस्रो हाफमा गरेको हो । सिटीका लागि रियाद महरेज, फिल फोडेन र बेर्नाडो सिल्भाले समान १÷१ गोल गरे । मेहरेजले ५३ औं, फोडेनले ६५ औं र सिल्भाले ८२ औं मिनेटमा गोल गरेका हुन् ।
३२ खेलमा सिटी ७७ अंक जोड्न सफल भएको छ भने ब्राइटन ४० अंकका साथ दशौंमा खुम्चिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया