महानगर र उपमहानगरपालिकाका उम्मेदवार टुंग्याउन देउवाले बोलाए शीर्ष नेताको बैठक
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवार चयनका लागि पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् । ६ महानगरपालिका र ११ उपमहानगरपालिमा सत्ता गठबन्धनबीच भागबण्डा भएपछि आफ्नो पक्षमा परेका महानगर र उपमहानगरपालिकाका उम्मेदवार टुंग्याउन बैठक बोलाइएको जानकारी कांग्रेसका एक पदाधिकारीले दिए ।
‘सभापतिले सभापतिमा उम्मेदवार भएका, पदाधिकारी जितेका उपसभापति, महामन्त्री र केही सिनियर नेतालाई ३ बजे बालुवाटार बोलाउनुभएको छ’ ती नेताले भने, ‘कांग्रेसको भागमा परेका तीन महानगरपालिका मेयर, तीन उपमेयरसहितका उम्मेदवारको टुंगो लगाउनेबारे छलफल हुन लागेको हो ।’
कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर र भरतपुर, वीरगञ्ज र पोखराको उमपेयर परेको छ ।
कांग्रेसको बलियो प्रभाव रहेको विराटनगरमा डिला संग्रौला बन्लिन् मेयरको उम्मेदवार ?
त्यस्तै, धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेदवार पनि भागबण्डामा परेको छ ।
त्यस्तै, जनकपुर, सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकाको उपमेयर पनि कांग्रेसको भागमा परेको छ । कांग्रेसले भाेलि बेलुकासम्म उम्मेदवार टुंग्याउने तयारी गरेकाे छ ।
सत्तारुढ दल कांग्रेस, माओवादी, नेकपा एस, जसपाले ६ महानगरपालिका र ११ उपमहानगरपालिका एमालेविरुद्ध गठबन्धन बनाएर निर्वाचन लड्न लागेका हुन् ।
महानगर र उपमहानगरपालिकाका उम्मेदवार टुंग्याए पछि अरु स्थानीय तहमा पनि चुनावी तालमेलको तयारीमा सत्तारुढ गठबन्धन छन् ।
प्रकाशमान सिंहकी पत्नी सिर्जना नै हुन् काठमाडौंमा कांग्रेस मेयरकी उम्मेदवार ?
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया