राप्रपाले नवप्रवेशी शेरचनलाई बनायो बुटवल उपमहानगरको मेयर उमेद्वार, दमकमा थापा दोहोरिए
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय निर्वाचनका लागि काठमाडौं, लतितपुर र पोखरा महानगरपालिकासँगै बुटवल उपनगरपालिकाको मेयरको नाम पनि टुंगो लगाएको छ ।
यस्तै भैरहवा, देवदह, तिलोत्तमा, दमक, मधुवन, भीमदत्त नगरापलिका तथा रोहिणी र पताना गाउँपालिका लागि मेयर र अध्यक्षको नाम राप्रपाले टुंग्याएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरको मेयरमा व्यवसायी मृगेन्द्र शेरचनलाई उठाउने निर्णय आज राप्रपाले गरेको छ । उनी हालैमात्र राप्रपा प्रवेश गरेका हुन् ।
त्यस्तै, राप्रपाले रुपन्देहीकै भैरहवा नगरपालिकामा सागरप्रताप राणा, देवदह नगरपालिकामा माधव रिमाल र तिलोत्तमा नगरपालिकामा भुवन खनाललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिकाकाको अध्यक्षमा ताहिर अलीलाई उम्मेदवार बनाएको छ ।
यस्तै राप्रपाले झापाको दमक नगरपालिकामा राम थापालाई मेयरकाे उम्मेदवार बनाउने निर्णय गरेको छ । अघिल्लोपटक पनि उनी नै उम्मेदवार थिए । दमक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृह नगर हो ।
यस्तै, बर्दियाको मधुवन नगरपालिकाको मेयरमा गिरिराज पुरुष र कालिकोटको पलाता गाउँपालिका अध्यक्षमा नीराजन बमलाई उम्मेदवार बनाइएको छ ।
यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरमा गजेन्द्र चन्दलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।
काठमाडौं, ललितपुर र पोखरा महानगरमा राप्रपाका मेयर उम्मेदवार को–को ?
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया