अत्यधिक गर्मी र तातो हावाको लहरबाट बच्न राष्ट्रिय विपद् जोखिम प्राधिकरणको आग्रह
काठमाडौँ । पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतका जिल्लालाई अद्यावधिक रहनुपर्ने सूचीमा राखेको छ । ती जिल्लाका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेको छ ।
अत्यधिक गर्मीका कारण थकाइ, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने डाक्टरहरूको भनाइ छ । तातो हावाको लहरबाट बच्न चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपडाले टाउको ढाक्न, प्रशस्त पानी पिउन पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया