विभिन्न परिषद, अस्पताल र बीमा बोर्डका पदाधिकारीका लागि आवेदन आह्वान
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ९ वटा सरकारी स्वास्थ्य परिषद्, अस्पताल तथा बोर्डहरूमा रिक्त रहेका पदाधिकारी पदहरूका लागि आवेदन आह्वान गरेको छ ।
मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै आयुर्वेद चिकित्सा परिषद्, स्वास्थ्य अनुसन्धान परिषद्, नर्सिङ परिषद्, स्वास्थ्य व्यवसायी परिषद्, फार्मेसी परिषद्, मेडिकल काउन्सिल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गंगालाल हृदय रोग केन्द्र र स्वास्थ्य बीमा बोर्डमा रिक्त पदाधिकारीका लागि आवेदन आह्वान गरेको हो ।
गत वैशाख २२ गतेको मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार रिक्त रहेका यी पदहरूमा सम्बन्धित ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आवेदन दिन सक्ने छन्।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया