काठमाडौँमा थपियो १६ नयाँ विद्युतीय बस
काठमाडौँ । महानगर यातायात प्रा.लि.ले नयाँ विद्युतीय बसहरूमार्फत सेवा विस्तार गरेको छ।
बुधवारदेखि काठमाडौँको चक्रपथमा गुड्ने गरी १६ वटा विद्युतीय बस सञ्चालनमा आएको हो। ३३ सिट क्षमताका यी बसमा एकै पटक करिब ७० यात्रुले यात्रा गर्न सक्नेछन्।
चीनबाट आयात गरिएका बसमा १४४ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा करिब २०० किलोमिटर यात्रा गर्न सक्छ। महानगर यातायातले यसअघि सञ्चालनमा रहेका १२ वटा विद्युतीय बसको सफलतापछि थप १६ बस सेवा विस्तार गरेको जनाएको छ।
कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले विद्युतीय सवारीसाधन वातावरणमैत्री, खर्चमा किफायती र भविष्यको आवश्यक विकल्प भएको बताएका छन्। महानगर यातायातले आगामी दिनमा विद्युतीय बस सेवा थप विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया