नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साहले प्रतिनिधिसभामा आएर आफ्नो बोली सच्याएमात्रै सदनको काम कारबाही अगाडि बढ्न सक्ने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले अरु मन्त्रीले नभई प्रधानमन्त्रीले आफैँ सीमा सम्बन्धमा व्यक्त गरेको धारणा सच्याउनुपर्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूको मुखबाट जे सुनिरहेका छौं, त्यसबाट हामी दुःखी छौं । आक्रोशित छौं । उहाँले आफ्नो वचन सच्याउनुपर्छ । उहाँको मुखबाट निस्किएको शब्द उहाँकै मुखबाट सच्याउनुपर्छ ।’
उनले नेपाली सेनालाई सीमामा तैनाथ गर्नुपर्ने बताए । उनले भने, ‘नेपाली सेनालाई सीमानामा लगेर तैनाथ गर्नुपर्छ । नेपाली सेनालाई राख्नुपर्ने ठाउँ सीमानामा हो तर अन्यन्त्र प्रयोग भइरहेको छ ।’
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया