तीन वर्षभित्र संरचना निर्माण गरी जिम्मेवारी हस्तान्तरण गर्ने मन्त्री पुनको घोषणा
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका नवनियुक्त मन्त्री महावीर पुनले आफ्नो कार्यकाल सीमित अवधिका लागि मात्र रहने बताएका छन्।
शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले करिब तीन वर्षभित्र मन्त्रालयको संस्थागत आधार मजबुत बनाउने र त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना सार्वजनिक गरेका हुन्।
पदभार ग्रहणका क्रममा मन्त्री पुनले कार्यगति तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याउँदै निरन्तर र द्रुत गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार मन्त्रालयको संरचना र आधार तयार पार्न अधिकतम तीन वर्षसम्म सक्रिय रूपमा काम गर्ने लक्ष्य राखिएको छ।
उनले नयाँ मन्त्रालय भएकाले प्रारम्भिक चरणमै बलियो संस्थागत जग निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसपछि नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्ने उद्देश्य रहेको बताए। मन्त्रालयलाई दीर्घकालीन रूपमा सक्षम बनाउन प्रारम्भिक आधार तयार पारेर मात्र आफू बाहिरिने उनको भनाइ थियो।
मन्त्री पुनले ढिलाइ गरेर अपेक्षित परिणाम हासिल नहुने उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनका लागि तीव्र गतिमा काम गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारेका छन्।
ताजा अपडेट
-
तोलामै १० हजारले घट्यो सुनको मूल्य
-
विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी
-
मुलुकभर २५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध
-
काठमाडौं महानगरको नवीन योजना: ‘टोलटोलमा फिल्म महोत्सव’ ले चलचित्र क्षेत्रलाई समुदायसँग जोड्ने
-
पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन


प्रतिक्रिया