संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो, सभामुखको कमजोरी देखियो’ : हर्क साम्पाङ
काठमाडौँ । श्रम संस्कृति पार्टीका संसदीय दलको नेता हर्कराज राई (साम्पाङ) ले संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालबाट विभेद गरिएको भन्दै उनले संसदीय व्यवस्थाको मर्मअनुरूप संसद नचलेको बताएका हुन्।
‘सार्वभौमसत्ता भन्दा ठूलो कुनै विषय बन्न सक्दैन, बन्नु हुँदैन । यथार्थमा दशकौँदेखि हाम्रो सिमाना भारतले मिच्दै आइरहेको छ,’ उनले विज्ञप्ति निकालेर भनेका छन्, ‘प्रधानमन्त्री आफैँले नेपालले पनि धेरै ठाउँहरूमा भारतको सिमाना मिचेको छ भन्नु राष्ट्रघाती छ र यसरी तथ्यहीन अभिव्यक्तिले हाम्रो राष्ट्रिय स्वाभिमान गिरेको महसुस भएको छ ।’
संसदको मर्यादा र गरिमा दिनदिनै खस्कँदै गइरहेको उनले बताएका छन्। यसो हुनुमा सभामुखको कमजोरी नै प्रमुख कारण रहेको उनले आरोप लगाएका छन्।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया