टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले छ र इलाका प्रहरी कार्यालय मालाखेतीले चार जना गरेर १० जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले वन कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनकाअनुसार गाईबाँधेमा महिलाले खुद्रा सामान बिक्रि गर्न प्रयोग गर्दै आएको टेम्पो भीरबाट खसाल्ने कार्यमा संलग्न भएका कर्मचारीको पहिचान गर्ने काम भइरहेको छ
भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा शुक्रबार गाईबाँधेमा धनादेवी धामीले खुद्रा पसलका लागि प्रयोग गर्ने गरेको टेम्पो वन कर्मचारी र वन रक्षकले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
डिभिजन वन कार्यालय धनगढीले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उक्त टेम्पो कवाड भइसकेको र छाप्रोका रुपमा प्रयोग गरेर सडक छेउमा राखिएको जनाएको छ ।
विगतदेखि नै छाप्रो हटाउन भन्दा समेत आनाकानी गरेपछि शुक्रबार बल प्रयोग गरेर हटाइरहेको अवस्थामा भीरालो भूगोल र सन्तुुलन नमिल्दा भीरमा खसेको दाबी गरेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया