स्वास्थ्य बीमा प्रणाली सुधारका लागि कानुनी परिमार्जन अघि बढाइँदै
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विद्यमान कानुनी व्यवस्था संशोधनको तयारी भइरहेको जानकारी दिएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य बीमा ऐनमा आवश्यक सुधार गर्न प्रक्रिया अघि बढाइएको बताएकी हुन् ।
उनले बीमा प्रणालीलाई व्यवस्थित बनाउन आधारभूत स्वास्थ्य सेवा र बीमा कार्यक्रमबीचको सम्बन्ध स्पष्ट गर्ने, संगठित क्षेत्रका नागरिकलाई अनिवार्य स्वास्थ्य बीमामा समेट्ने तथा सामाजिक स्वास्थ्य सुरक्षा कोषअन्तर्गतको बीमा व्यवस्थालाई मूल स्वास्थ्य बीमा प्रणालीसँग जोड्ने विषयमा छलफल भइरहेको जानकारी दिइन् ।
मन्त्री मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित पक्ष, विज्ञ र सांसदहरूबाट आवश्यक सुझाव लिन सरकार तयार रहेको बताइन् ।
उनका अनुसार मन्त्रालयले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटका आधारमा स्वास्थ्य क्षेत्रका योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको छ । आगामी आर्थिक वर्षका नीति र बजेटले स्वास्थ्य क्षेत्रमा थप सुधार र विकासको आधार तयार गर्ने उनको दाबी छ ।
मन्त्री मेहताले सरकारले विगतका वर्षहरूको तुलनामा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिँदै बजेट विनियोजन गरेको उल्लेख गर्दै सेवा प्रवाह सुधारमा मन्त्रालय केन्द्रित रहेको बताइन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया