परराष्ट्रमन्त्री खनाल चार दिने चीन भ्रमण सकेर स्वदेश फिर्ता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको विशेष निमन्त्रणामा मन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङ प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले बेइजिङमा उच्चस्तरीय राजनीतिक भेटघाटहरू गरेका छन् । उनले आफ्ना चिनियाँ समकक्षी एवं विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय हित, आपसी सम्बन्ध र दुई देशबीचका साझा चासोका विषयहरूमा केन्द्रित रहेर प्रतिनिधिमण्डल स्तरमा विस्तृत छलफल गरेका थिए ।
यसैगरी, मन्त्री खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग पनि छुट्टै भेटवार्ता गरेका थिए । उक्त भेटमा नेपाल र चीनबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरूलाई अझ फराकिलो पार्ने विषयमा फलदायी कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया