महावीर पुनलाई हर्क साम्पाङको कटाक्षः मन्त्रीज्यू सत्ता पक्ष हो कि विपक्ष हो भन्ने थाहा हुनुपर्छ
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रलाई विगतमा राजनीतिक भागबण्डाको शिकार बनाइएको भन्दै मन्त्रालयलाई ‘टुहुरो र वेवारिसे’ मन्त्रालयका रूपमा व्यवहार गरिएको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले धेरै यस मन्त्रालयलाई नयाँ भनेर चिनेको भएतापनि २०५३ सालमै स्थापना भएको स्पष्ट पारे । उनले भने, ‘धेरैलाई महावीर पुन आएर नयाँ मन्त्रालय बनाएको भन्ने लागेको छ । यो नयाँ मन्त्रालय होइन । २०५३ सालमै बनेको मन्त्रालय हो तर विभिन्न समयमा कहिले एउटा मन्त्रालयसँग त कहिले अर्को मन्त्रालयसँग जोडिँदै आएको छ । २०७५ सालमा शिक्षामन्त्रालयसँग जोडियो। यसरी यो वेवारिसे र टुहुरो मन्त्रालयजस्तै बनाइयो ।’
मन्त्री पुनले हाल पुनर्जन्म लिएको मन्त्रालयका रूपमा स्थापना भएको उल्लेख गर्दै यसलाई मन्त्रालयको ‘सातौँ पुर्नजन्म’को संज्ञा दिए ।
आफू राजनीतिमा व्यक्तिगत महत्वाकांक्षाका कारण नभई देशप्रतिको माया र जिम्मेवारीबोधका कारण आएको पनि उनले बताए।
उनले भने, ‘देशसँग पिरती बसेको कारणले म सांसद र मन्त्री भएँ। नत्र म सांसद वा मन्त्री हुने मान्छे होइन । अमेरिकाबाट घुम्न मात्रै गाउँ आएको थिएँ। सुरुमा गाउँसँग माया बस्यो, त्यसपछि जिल्लासँग बस्यो र अन्ततः पूरै देशसँग नै माया बस्यो ।’
बैटकमा श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले मन्त्री पुनलाई सरकारको मन्त्री भएर गुनासो धेरै गर्ने र समय खेर फाल्ने काम गरेको बताए । उनले सरकारको मन्त्री भएर गुनासो गर्ने लामो जवाफ दिएर समय खेर फालेको भन्दै सांसद राईले असन्तुष्टि जनाए ।
ताजा अपडेट
-
बयानका लागि उपस्थित हुन आरजु राणालाई अख्तियारले काट्यो पत्र
-
महावीर पुनलाई हर्क साम्पाङको कटाक्षः मन्त्रीज्यू सत्ता पक्ष हो कि विपक्ष हो भन्ने थाहा हुनुपर्छ
-
सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना
-
प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने
-
म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान


प्रतिक्रिया