बयानका लागि उपस्थित हुन आरजु राणालाई अख्तियारले काट्यो पत्र
काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा ई–पासपोर्ट खरिद अनियमितता प्रकरणमा तानिएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राणालाई बयानका लागि उपस्थित हुन म्याद पठाएको हो ।
अख्तियारको टोली राणाको बूढानीलकण्ठस्थित घरमा पुगेर म्याद टाँसेर फर्किएको छ । पूर्वपरराष्ट्रमन्त्री राणा विदेशमा रही सम्पर्कमा नभएको भन्दै अख्तियारले खण्डहरमा परिणत भएको घरमा पुगेर म्याद तामेल गरेको हो । अख्तियारमा पासपोर्ट छपाइको ठेक्का प्रक्रियामा राणाको संलग्नता रहेको दाबीसहित उजुरी परेको थियो ।
अहिले उजुरीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको छ । अख्तियारले पासपोर्ट छपाइमा अनियमितता भएको भन्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र विभागका तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया