विष्णु पौडेलको पक्राउ विधिको शासन र कानुनी राज्यको खिलाफमा रहेको एमालेको निष्कर्ष
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले पौडेलको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब विनासर्त रिहाइको माग गर्ने निर्णय गरेको संसदीय दलका सचेतक ऐन महरले जानकारी दिएका छन् ।
उनले भने, ‘एमाले संसदीय दलको बैठकले विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ र उहाँलाई अविलम्ब विनासर्त रिहा गर्न माग गरेको छ।’
बैठकले सरकार तानाशाही र स्वेच्छाचारी अधिनायकवादको बाटोमा हिँडेको तथा विधिको शासन र कानुनी राज्यको खिलाफमा रहेको निष्कर्ष निकालेको छ।
उनले भने,‘सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा छ। यो कदम पूर्णतः अधिनायकवादी छ र विधिको शासन एवं कानुनी राज्यको विरुद्धमा छ ।’
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको थियो ।
ताजा अपडेट
-
विष्णु पौडेलको पक्राउ विधिको शासन र कानुनी राज्यको खिलाफमा रहेको एमालेको निष्कर्ष
-
विष्णु पौडेललाई सात दिन थुनामा राख्न अनुमति
-
रास्वपाको बन्दसत्रमा पेस भयो प्रदेशसभा खारेज गर्ने प्रस्ताव
-
रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
-
मेसीले रचे इतिहास: १८ गोलसहित बने विश्वकपकै उच्च गोलकर्ता


प्रतिक्रिया