NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १४ गते

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली–प्रचण्डले एउटै मञ्चबाट सम्बोधन गर्दै

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । जननेता भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्न लागेकाे हाे ।

फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरेको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेपाहरू आज एउटै मञ्चमा उपस्थित हुने भएका छन् ।

फाउण्डेसनले आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा एमाले अध्यक्ष ओली, नेकपा संयाेजक ‘प्रचण्ड’, नेता नेपाल, झलनाथ खनाल र जसपाका अध्यक्ष यादवले सम्बोधन गर्नेछन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमलाई पछिल्लो राजनीतिक परिस्थितिका कारण अर्थपूर्ण रूपमा हेरिएको छ ।

भण्डारीकाे ३ जेठ २०५० मा चितवनको दासढुंगामा जिप दुर्घटना हुँदा निधन भएको थियो । जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता तथा विचारक रहेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष