सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित दुईजना पक्राउ
सुनसरी । सुनसरीको गढी गाउँपालिका–१ मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र तीन राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
असार २४ गते राति करिब १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका दुई जनालाई रोकेर चेकजाँच गरेको थियो । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१७ रानी बस्तीका ५१ वर्षीय नुर महोमद र विराटनगर महानगरपालिका–८ अशोक चोकका ३२ वर्षीय इम्रान खान रहेका छन् ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा नुर महोमदको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद भएको हो । दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ। उनीहरूमाथि हतियारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अर्जेन्टिनासँग पराजित भएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिन माग
-
पूर्व अर्थमन्त्री विष्णु पौडेलको हिरासत म्याद पुनः ५ दिन थपियो
-
मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त
-
इरानसँगको युद्धविराम अन्त्य भएको ट्रम्पको घोषणा
-
नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता


प्रतिक्रिया