बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ स्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।
दिउँसो करिब १ः२५ बजे सुप्रप्र ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक हिमाली गाउँपालिका–२ नातीखोलाका २५ वर्षीय जनवीर बुढासहित ९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको छ ।
दुर्घटनामा धर्मलाल बुढा, मिजरा बुढा, हुम्लाको ताजाकोट गाउँपालिका–५ का अम्मर सिंह बुढा, अस्मिता थापा, जंग सिंह बुढा, गोरख रोकाया, लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा घाइते भएका छन् । प्रहरीका अनुसार सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने प्रक्रिया भइरहेको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया