NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन १८ गते

पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न इन्जिनियरिङ कलेजमै इभी ल्याब सञ्चालन 

काठमाडाैं । भक्तपुरको ताथलीस्थित इम्पेरियल कलेज अफ इन्जिनियरिङले नयाँ शैक्षिक सत्रबाट इभी ल्याब सञ्चालनमा ल्याउने भएको छ ।जहाँ विद्यार्थीले मोटर, कन्ट्रोलर, ब्याट्री प्याक र बीएमएस जडान जस्ता व्यवहारिक काम सिक्ने अवसर पाउनेछन्।

कलेजले यो प्रयोगशालालाई शैक्षिक अभ्यासमा मात्र सीमित नराखी भविष्यमा सर्वसाधारणका सवारीलाई व्यावसायिक रूपमा रूपान्तरण सेवा दिने व्यवसायिक योजनासमेत बनाइरहेको ल्याब इन्चार्ज सुरेश सिंहले बताए । ल्याब स्थापना र सिकाइले विद्यार्थीलाई प्रत्यक्ष उद्योगसँग जोड्ने, अनुसन्धान बढाउने र नयाँ रोजगार तथा उद्यमशीलताका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

हाल कलेजले त्रि वि क्यालेन्डर अनुसार बीई सिभिल ९६ सिट, बीई कम्प्युटर ४८ सिट र बीई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन ४८ सिटका लागि भर्ना खुला गरेको छ ।

करिब १३ रोपनी हरियाली परिसर, छात्र-छात्रावास, काठमाडौंभरी यातायात सञ्चालन गरेकाे इम्पेरियलको नयाँ व्यवस्थापन टिमले डिजिटल ट्वीन टेक्नाेलाेजि,  इभी ल्याब , कलेज परिसर भित्रै फुटसल र शिक्षण प्रणालीले कलेज विद्यार्थीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ।

ताजा अपडेट

नेपालवाच विशेष