दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव
काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका दलित समुदायका थरहरूको सूची सार्वजनिक गर्दै सरोकारवाला निकाय, विज्ञ तथा आमनागरिकबाट रायसुझाव र प्रतिक्रिया माग गरेको छ।
राष्ट्रिय दलित आयोगले प्रचलित कानुनबमोजिम दलित समुदायका थरहरू सूचीकरण गर्न सिफारिससहितको विवरण मन्त्रालयमा पठाएको थियो। आयोगको सिफारिसका आधारमा थरहरू सूचीकरण गर्नुअघि सम्बन्धित समुदाय, व्यक्ति तथा सङ्घसंस्था, विज्ञ र आमनागरिकको सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो।
मन्त्रिपरिषद्बाट सूचीकरणसम्बन्धी निर्णय हुनुअघि थप सुझाव तथा प्रतिक्रिया समेट्ने उद्देश्यले मन्त्री सीता बादीको निर्देशनमा आयोगबाट सिफारिस भएका थरहरूको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सिफारिस भएका थरहरूको सूची सार्वजनिक गर्दै दुई दिनभित्र कुनै राय, सुझाव वा प्रतिक्रिया भए उपलब्ध गराउन अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार सुझाव तथा प्रतिक्रिया [email protected] इमेलमार्फत तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री बादी र उहाँको सचिवालयको इमेलमार्फत पठाउन सकिनेछ।
प्राप्त राय, सुझाव तथा प्रतिक्रियालाई आवश्यकताअनुसार अध्ययन गरी थर सूचीकरणसम्बन्धी आगामी प्रक्रियामा समेटिने मन्त्रालयले जनाएको छ।
ताजा अपडेट
-
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
-
पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
-
दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव
-
बालेनलाई मनीष झाको जवाफ : ‘सरकार एक्लो छैन, हामी साथमै छौँ’
-
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री


प्रतिक्रिया