भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्न चाहेका छौँः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री बालेन साहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।
सेमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनीहरूबीचनेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
भेटमा प्रधानमन्त्री साहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए ।
राजदूत श्रीवास्तवले प्रधानमन्त्री साहलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए । प्रधानमन्त्रीले चिनियाँ राजदूतसँग पनि छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । यसअघि प्रधानमन्त्रीले गत चैत २५ मा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट गरेका थिए ।
ताजा अपडेट
-
हात्ती र गोही प्रजनन केन्द्रमा निशुल्क प्रवेश
-
भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्न चाहेका छौँः प्रधानमन्त्री
-
प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पहिलो ‘वान–टु–वान’ भेटवार्ता
-
निर्माण क्षेत्रमा सरकारले आशा जगाएको छ
-
सुनको मूल्य घट्यो, चाँदी बढ्यो


प्रतिक्रिया