नागरिक लगानी कोषका सहभागीलाई मनकामना अस्पतालमा २० प्रतिशत छुट
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मनकामना अस्पताल भरतपुर, चितवनले सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएको छ ।
सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक हेमन्त पोखरेल र अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरे ।
सम्झौतासँगै अब कोषका सहभागी, सेयरधनी र कर्मचारीले २० प्रतिशत छुटको अतिरिक्त अस्पतालले उपलब्ध गराउने सिटी स्क्यान र अपरेशनमा १०/१० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत उक्त छुट पाउनेछन् ।
छुट सुविधा लिन कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र, सहभागीले कोषमा आवद्ध भएको प्रमाणपत्र वा अन्य पहिचान खुल्ने कागजात पेस गर्नुपर्ने छ ।
ताजा अपडेट
-
भारत-चीनसँग संवादमा प्रधानमन्त्री शाह : सन्तुलित र व्यावहारिक कूटनीतिको संकेत
-
पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ
-
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, ५.२५% ब्याजदरमै अटो लोन
-
‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस हुन्छ: महानिरीक्षक कार्की
-
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन


प्रतिक्रिया