ओलीले कार्यकर्तालाई ‘आवारा’ भनेकोमा नविना लामाको आपत्ति
काठमाडौं । नेकपा एमालेकी नेतृ नविना लामाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।
लामाले सामाजिक संजालमार्फत पार्टी कुनै एक व्यक्तिको नभई हजारौँ कार्यकर्ताको त्याग, संघर्ष र बलिदानबाट बनेको साझा संस्था भएको बताएकी हुन् । उनले आफूहरूले पनि दुःख, कष्ट र संघर्ष गरेर पार्टी निर्माणमा योगदान दिएको उल्लेख गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत कुनै व्यक्तिको कार्यशैली मन नपर्न सक्ने तथा नेतृत्वसँग असहमति हुन सक्ने भए पनि त्यसकै कारण पार्टीको विचार, सिद्धान्त र इतिहास त्याग्नुपर्ने अवस्था नआउने बताएकी छन् ।
लामाले पार्टीमा रहेका कार्यकर्तालाई ‘आवारा’ जस्ता अपमानजनक शब्द प्रयोग गर्नु उचित नभएको टिप्पणी गरेकी छन् ।
‘अध्यक्षज्यू, बोल्ने अधिकार सबैलाई छ, तर जिम्मेवार पदमा बसेका व्यक्तिको बोली पनि त्यत्तिकै मर्यादित, संयमित र सम्मानजनक हुनुपर्छ,’ उनले भनेकी छन् ।
उनले पार्टीभित्र असहमति स्वाभाविक भए पनि अपमान गरेर नभई सम्मानपूर्वक बहस र संवादमार्फत समाधान खोजिनुपर्ने बताएकी छन् । लामाले यसलाई लोकतान्त्रिक संस्कारको आधार भएको उल्लेख गरेकी छन् ।
ताजा अपडेट
-
पार्टी आधिकारिकताबारे देउवा : अदालतको निर्णय मान्छु
-
क्लासिक टेक बन्यो नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको इन्टरनेट सेवा प्रदायक
-
विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई
-
ओलीले कार्यकर्तालाई ‘आवारा’ भनेकोमा नविना लामाको आपत्ति
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


प्रतिक्रिया