लिभरपुलसँग भिल्लारियल स्तब्ध
काठमाडौं । इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई हराएको छ । च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको सेमिफाइनलको पहिलो लेगमा लिभुरपुलले २–० को जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको ५३ औं मिनेटमा भिल्लारियलका डिफेन्डर पोर्भिस इस्टुपिनानले आत्मघाती गोल गरेर लिभर पुललाई अग्रता दिलाए । त्यसको दुई मिनेटलगत्तै साभडियो मानेले गोल गरेर खेललाई २–० मा पुर्याए ।
जितसँगै लिभरपुलको फाइनलमा पुग्ने सम्भावना बढेको छ । दुई टोलीबीचको दोस्रो लेग आगामी मे ४ मा हुनेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया