स्थापितलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले एमालेबाट काठमाडौं महानगरपालिकाका मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
एक कार्यक्रममा स्थापितले व्यक्त गरेका शब्दबारे आयोगमा उजुरी आएकाले सोबारे २४ घण्टाभित्र स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
यही वैशाख १५ गते काठमाडौंको एक कलेजको कार्यक्रममा एक महिलाले स्थापितलाई उनीविरुद्ध लागेको यौन दुर्व्यवहारबारे प्रश्न सोधेकी थिइन् ।
भावना राउतले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनी आक्रोसित बनेका थिए ।
सो क्रममा उनले ‘यु आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए । यही विषयमा उजुरी परेपछि आयोगले स्थापितलाई स्पष्टीकरण सोधेको हो ।
आइतबार पनि स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहविरुद्ध अराजनीतिक टिप्पणी गरेका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया