एकदिवसीयमा नेपाल र जिम्बावे ‘ए’ आज भिड्दै
नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बावे ‘ए’ बीच आज प्रतिस्पर्धा हुने भएको छ । ५० ओभरको खेलमा दुई समूहबीच प्रतिस्पर्धा हुन लागेको हो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि नेपालले जिम्बावे ‘ए’सँग सिरिज खेलिरहेको छ ।
खेल अहिले बिहान साढे ९ बजेदेखि टियु क्रिकेट मैदानमा सुरु हुनेछ । तर मौसमले साथ नदिने खतरा बढेको छ । काठमाडौंमा शुक्रबार बिहानदेखि भएको वर्षा अहिले रोकिए पनि फेरि हुनसक्ने अनुमान गरिएको छ ।
जिम्बावेलाई हराउँदै एकदिवसीय सिरिजमा सुखद् सुरुवात गर्ने नेपालको दाउ छ । तर यो त्यति सहज भने छैन ।
यसअघि तीन खेलको टी–ट्वान्टी सिरिजमा दुवैले १–१ को बराबरी खेलेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया