प्रचण्डको स्पष्टोक्ति : प्रतिगामीलाई परास्त गरौँ भन्दा छोरी जिताउन धम्की दिएको आरोप लाग्यो
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरी रेनु दाहालसहितका उम्मेदवारलाई भोट माग्ने क्रममा आफूले भरतपुरमा बोलेको विषयलाई गलत ढंगले प्रचार गरेको बताएका छन् ।
प्रतिगामीलाई गठबन्धन मिलेर परास्त गरौं भन्दा छोरी जिताउन धम्की दिएको आरोप लगाएको भन्दै त्यसप्रति प्रचण्डले खेद प्रकट गरेका छन् ।
आइतबार दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कतिपय मिडियाले जनतालाई धम्क्याएको भनेर टिप्पणी गरे पनि वास्तविकता त्यस्तो नभएको बताए ।
‘कतिपय मिडियाले छोरी जिताउन मैले जनतालाई धम्क्याएको आरोप लगाए । हामीले भनेको कुरा यति हो कि यो गठबन्धन निकै ठूलो प्रतिगामी षडयन्त्रलाई परास्त गर्ने क्रममा जन्मिएको हो । यो निर्वाचनबाट पनि यो षडयन्त्रलाई परास्त गर्न जरुरी छ । त्यो परास्त गर्नका लागि मैले जनतालाई अपिल गरेको हुँ’, उनले भने ।
प्रचण्डले शुक्रबार भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभामा रेनुलगायत भरतपुर महानगरपालिकाका उमेदवारलाई नजिताए देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्ति दिएका थिए ।
प्रचण्डको अभिव्यक्तिप्रति एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि कडा टिप्पणी गर्दै धम्कीपूर्ण भाषा बोलेको आरोप लगाएका छन् ।
प्रचण्डको भनाइविरुद्ध उजुरी परेपछि आयोगले आन्तरिक रुपमा छानबिन पनि थालेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया