नेपाललाई पाँचौ सफलता, डेब्यु गरेका किशोरले लिए तीन विकेट

काठमाडौं । जिम्बावे ए विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले पाँचौ सफलता हासिल गरेको छ ।
डेब्यु गरेका किशोर महतोले पाँचौ सफलता दिलाएका हुन् । यसअघि उनले दुई विकेट लिइसकेका छन् ।
यस्तै, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान एक विकेट लिएका हुन् ।
जिम्बावेले अहिले २३.१ ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनाएको छ ।
नेपालको सुरुवाती ११ :
सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, बसिर अहमद र सुनिल धमला ।
प्रतिक्रिया