डेब्यु गरेका किशोरले लिए व्यक्तिगत चौथो विकेट

काठमाडौं । जिम्बावे ए विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले छैटौं सफलता हासिल गरेको छ ।
डेब्यु गरेका किशोर महतोले छैटौं सफलता दिलाएका हुन् । यसअघि उनले यसअघि ३ विकेट लिइसकेका छन् ।
यस्तै, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान एक विकेट लिएका हुन् ।
जिम्बावेले अहिले २६.३ ओभरमा ६ विकेटको क्षतिमा १७४ रन बनाएको छ ।
नेपालको सुरुवाती ११ :
सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, बसिर अहमद र सुनिल धमला ।
प्रतिक्रिया