जिम्बावेविरुद्ध सानदार जित निकाल्दै एकदिवसीय सिरिजमाथि नेपालको कब्जा
काठमाडौं । टेस्ट खेलाडी समावेश रहेको जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय श्रृंखला (सिरिज) नेपालले जितेको छ ।
आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको निर्णायक तेस्रो खेलमा ६ विकेटको सानदार जित निकाल्दै नेपालले श्रृंखला जितेको हो ।
एकदिवसीयको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा नेपालले ९ विकेटको सानदार जित दर्ता गर्दै सिरिजमा बराबरी गरेको थियो ।
तर, आजको तेस्रो तथा अन्तिम खेलमा नेपालले जित निकाल्दै सिरिजमाथि २–१ ले कब्जा जमाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८४ रन बनाए ।
यस्तै, दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक नै बनाउँदै अविजित ६० रन जाेडे ।
यसैगरी, नेपालको जितका लागि आसिफ शेखले २९, विनोद भण्डारीले अविजित २८ र सुनिल धमलाले ६ रन बनाए ।
यसअघि, टस हारेर ब्याटिङ गरेको जिम्बावेले ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन मात्र बनाएको थियो ।
२१४ रनको लक्ष्य पछ्याएको नेपालले ३०.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि नेपालका लागि डेब्यु गरेका किशोर महतोले ५, सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रले समान १ विकेट लिएका थिए ।
आजको खेलमा ५ विकेट लिएका किशोर म्यान अफ दि म्याच भए भने करण प्लेयर अफ दि सिरिज घोषणा भए ।
नेपाल र जिम्बावे ‘ए’बीचको टि–२० श्रृंखला भने बराबरी भएको थियो । एक खेल जिम्बावेले जित्यो भने अर्को खेल नेपालले जितेको थियो । निर्णायक एउटा खेल भने वर्षाका कारण रोकिएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया