धनुषामा पनि हवाई फायर
जनकपुर । धनुषाको शहीदनगर नगरपालिकाको एक मतदानस्थलमा पनि तनाव हुँदा प्रहरीले हवाई फायर गरेको छ ।
नगरपालिकाको वडा नम्बर १ स्थित कुम्भकर्ण मतदानस्थलमा विवाद भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बिहान मतदान सुरु भएयता अहिलेसम्म झडप, विवाद र मतदान केन्द्र तोडफोड जस्ता उच्छृङ्खल कार्य हुँदा १५ स्थानमा निर्वाचन स्थगित भएको छ । अहिलेसम्म रामेछापको शैलुङ, दोलखाको बैतेश्वर, हुम्ला, सप्तरी, धनुषा, गोरखा, रामेछाप, काभ्रेलगायतका ठाउँहरुका १५ निर्वाचन स्थलको निर्वाचन स्थगित भएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया