बाबुरामको मतदान केन्द्रका मतदान अधिकृतलाई समेत सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेको मतदान केन्द्रका मतदान अधिकृतलाई समेत स्पष्टीकरण सोधेको छ ।
भट्टराईलाई मतदान गर्दागर्दैका तस्बिर खिच्न दिएको आरोपमा मतदान अधिकृत प्रदीपकुमार रुपाखेतीलाई स्पष्टीकरण सोधिएको आयोगका एक अधिकारीले बताए ।
यसअघि भट्टराईले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो ।
छाप लगाएकोसमेत देखिनेगरी मतदान गर्दागर्दैका तस्बिरहरू सामाजिक सञ्जालमा राखेर उनले आचारसंहिता विपरीतको काम गरेको भन्दै आयोगले २४ घण्टाभित्र जवाफ दिनू भनेर उनका नाममा पत्रसमेत काटिसकेको छ ।
भट्टराईले शुक्रबार गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण माविको मतदान केन्द्रबाट मतदान गरेपछि तस्बिरहरू सामाजिक सञ्जालमा राखेका थिए ।
‘बाबुरामलाई मात्र होइन मतदान अधिकृतलाई समेत कारबाही हुन्छ’ – NepalWatch
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया