मत बदर गरेपछि भरतपुरमा एमालेको विरोध, मतगणना रोकियो

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकको मतगणना रोकिएको छ ।
स्वस्तिक छापका विषयमा विवाद भएपछि मतगणना रोकिएको हो ।
वडा नं. २ को गणना जारी रहँदा विवाद भएको छ । सूर्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेले जनाएको छ ।
पहिला सदर गरेको मतपत्र पछि बदर गरिएको एमालेको आरोप छ ।
अहिले एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसँग कुरा गर्न गएका छन् ।
प्रतिक्रिया